बागमतीका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँबीच शिष्टाचार भेट भएको छ ।
आइतबार भएको भेटघाटमा बागमतीका प्रदेश प्रमुख देवकोटालाई सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँले बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
सुदूरपश्चिमका स्थायीवासी देवकोटालाई १४ साउनमा संघीय सरकारको मन्त्रीपरिषद् बैठकले बागमतीको प्रदेश प्रमुखमा सिफारिस गरेको थियो । त्यसपश्चात १७ साउनमा देवकोटाले राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका थिए ।
लगतै १८ साउनमा बागमती प्रदेश कार्यालय हेटौंडामा एक समारोहबीच पदबहाल हुनुभएका देवकोटा आइतबार गृहजिल्ला कैलाली पुगेका थिए ।
प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुगेका देवकोटालाई सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयका कर्मचारी तथा स्थानीयबासीहरुले समेत बधाइ दिएका थिए ।
सोही भेटमा प्रदेश प्रमुखहरु बीच दुई प्रदेशको समन्वय, सहकार्य र विकासका सन्दर्भमा छलफल समेत भएको थियो ।