नेकपा एमाले हेटौंडा उपमहानगर कमिटीमा बोलबहादुर कार्की विजयी भएका छन् ।
एमाले हेटौंडा उपमहानगरपालिकाको दोश्रो अधिवेशनले कार्कीको अध्यक्षतामा ८१ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।
सोमबार भएको निर्वाचनमा कार्कीले १ सय ७६ मत प्राप्त गर्दै विजयी बन्दा उनका निकट्तम प्रतिस्पर्धी जनरल श्रेष्ठ `जेन´ले १ सय ३३ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा राजकुमार बास्तोला १ सय ४३ मत सहित विजयी बने ।
अन्य उपाध्यक्षका उम्मेदवार धनबहादुर मुक्तानले ७४ र इन्द्रप्रसाद खतिवडाले ६८ मत ल्याए । सचिवमा शान्ता गौतम १९७ मत सहित विजयी बन्दा निकटतम प्रतिस्पर्धी प्रकाश बानियाँले ८७ मत ल्याए । उपसचिव खुल्लामा शान्तेकुमार तामाङ्ग ७४ मत सहित विजयी बने ।
अन्य उपसचिवका उम्मेदवारहरु सुरेश मिजारले ६७, कवि रेग्मी ४१, भीम तिमल्सिना ३४, शिवबहादुर थापा ३९, र अर्जुनप्रसाद अर्यालले ३१ मत ल्याए । उपसचिव महिलामा चन्द्रावती पनेरु १४६ मत सहित विजयी बन्दा रन्जिता सिलवाल ७९ र जुना दङ्गालले ६९ मत ल्याए ।