मकवानपुर I राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन मकवानपुर आउने भएका छन् ।
बिहीबार मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ जुरेलीको फुटबल मैदानमा हुन लागेको राप्रपाको आमसभालाई अध्यक्ष लिङ्दनले सम्बोधन गर्नेछन् ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मकवानपुरका उम्मेदवारकोलागि मत माग्न लिङ्देन मकवानपुर आउन लागेका हुन् ।
राप्रपाबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा दीपकबहादुर सिंह, प्रदेश सभा (क) मा सागर थापा, प्रदेश सभा (ख) मा गुञ्जनबहादुर न्यौपाने र प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा राजन मैनाली, प्रदेश सभा (क) मा बद्रीबहादुर खड्का, प्रदेश सभा (ख) मा रामबहादुर घले उम्मेदवार रहेका छन् ।
आम सभाको उद्धाटन दिउँसो १ः०० बजेतिर हुने प्रतिनिधि सभा क्षेत्र नम्बर २ उम्मेदवार मैनालीले बताए ।