हेटौंडा | मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर-१ को प्रदेशसभा (ख) को सदस्यमा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ विजयी भएका छन् ।
कुल ४५ हजार २ सय ५६ मत खसेकोमा एकालालले १४ हजार २ सय २५ मत हासिल गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले १३ हजार ३ सय ५६ मत प्राप्त गर्दै पराजय व्यहोर्नुपरेको छ ।
त्यसैगरी राप्रपाका गुञ्जनबहादुर न्यौपानेले १२ हजार ५ सय ७७ मत पाएका छन् ।