हेटौंडा | मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर-२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौला विजयी भएका छन् ।
कुल ८६ हजार ३ सय १ मत खसेकोमा बर्तौलाले ३४ हजार ९ सय १६ मत पाएर विजयी हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादिका विरोध खतिवडाले ३० हजार ३ सय ९६ मत प्राप्त गर्दै पराजय भएका छन् ।
एमाले बागमती प्रदेशका उपसचिवसमेत रहेका बर्तौलाले खतिवडालाई ४ हजार ५ सय २० मतान्तरले पराजित गरेका छन् ।
यससँगै खतिवडाको अपराजित यात्रा टुंगिएको छ । यसअघि उनी लगातार ४ पटक सांसदमा निर्वाचित भएका थिए ।