हेटौंडा | मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर-२ को प्रदेशसभा (क) सदस्यमा कुमारी मोक्तान विजयी भएकी छन् ।
लोकतान्त्रिक बाम गठबन्धनकि उम्मेदवार नेकपा (माओवादी केन्द्र)की पोलिटब्युरो सदस्य मोक्तानले १९ हजार ८ सय ७३ मत हासिल गर्दै विजयी भएकी हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्णुप्रसाद ढकालले १९ हजार ५ सय ७१ मत प्राप्त गर्दै पराजित भएका छन् ।
मोक्तान बागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत हुन् ।