हेटौंडा | मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर-१ को प्रदेशसभा (क) सदस्यमा प्रेमबहादुर पुलामी ‘छिन्तु’ विजयी भएका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष छिन्तुले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका कमल विष्टलाई ४ हजार २ सय ८७ मतान्तरले हराउँदै विजयी भएका हुन् ।
छिन्तुले १९ हजार ७ सय १९ मत प्राप्त गर्दै विजयी हुँदा विष्टले १५ हजार ३ सय ३२ मत हासिल गर्दै पराजय भोग्नुपरेको छ ।