मकवानपुर । नेपाल शिक्षक संघ मकवानपुरको नवौं जिल्ला अधिवेशन माघ महिनामा हुने भएको छ ।
शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीको सभाध्यक्षतामा बसेको बैठकले जिल्ला अधिवेशन यही माघ ६ र ७ गते हेटौंडामा गर्ने निर्णय भएको नेपाल शिक्षक संघका हेटौंडाका नगर सचिव श्रीराम लुइँटेलले जानकारी दिए ।
शिक्षक संघको संघीय, प्रदेश तथा स्थानिय तहका पदाधिकारीहरु सहितको बैठकले पुस २३ गते भित्रमा सबै स्थानिय तहको अधिवेशन सम्पन्न गर्ने र २०७९ माघ ६ र ७ गते जिल्ला अधिवेशन गरिने निर्णय भएको नगर सचिव लुइँटेलले बताए ।