हेटौंडा | नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् ।
बुधबार कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका लामा र बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ बिच संसदीय दलको नेतामा सर्वसम्मत रुपमा सहमति नजुटेपछी दुबैजना निर्वाचनमा होमिएका हुन् ।
लामा र बानियाँ दुबै कांग्रेसको संस्थापन पक्षका नेता हुन् ।
३७ जना प्रदेशसभा सदस्यले गरेको मतदान प्रक्रियाबाट लामाले २१ मत प्राप्त गर्दै संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी बानियाँले भने १६ मत प्राप्त गरेका थिए ।
बानियाँ यसअघिको बागमती प्रदेशमा संसदीय दलको नेतासमेत थिए ।