हेटौंडा/नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन नजिकिँदै गर्दा सभापतिको दौडमा अर्का एक खेलाडी थपिएका छन् ।
पार्टीको कार्यबाहक सभापति विष्णु प्रसाद लामिछानेले पनि सभापतिको दौडमा आफ्नो उम्मेदवारी रहेको बताउँछन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै जिल्ला अधिवेशन फागुन १३ गतेका लागि तोकेपछि उम्मेदवारी दिने र प्रचारप्रसार गर्ने कार्य तिब्र भइरहेको छ ।
मकवानपुरमा सभापतिको लागि अहिलेसम्म निवर्तमान नगर सभापति आनन्दराम पराजुली, जिल्ला सचिव बुद्ध लामा र सल्लाहकार जयराम लामिछानेको दावी रहेको थियो भने विष्णु प्रसाद लामिछानेले समेत सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेसँगै आकांक्षीहरुको संख्या चार पुगेको छ ।
लामिछाने नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह अथार्त संस्थापन पक्षका हुन् ।